पत्रपत्रिकाबाट

हिल्सा नाका सञ्चालन गर्ने कर्णाली सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले चीनसँग जोडिएको हुम्लाको हिल्सा नाका सञ्चालनमा ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा मुगुको रारा तालछेउमा शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले तत्काल हिल्सामा भन्सार कार्यालय स्थापना गरी काम अघि बढाउने निर्णय गरेको हो । सरकारले डोल्पाको मोरिङ्ला र मुगुको नाङ्चे नाका पनि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

कर्णालीमा पर्यटन विकासका लागि कालिकोटको नाग्मादेखि रारासम्मको कच्ची सडकलाई कालोपत्रे गर्ने निर्णय पनि गरेको छ।

नयाँ पत्रिकाबाट

२०७५ बैशाख १ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत