देश

नेपाल टेलिकमको नयाँ वर्ष २०७५ लक्षित अफर

काठमाण्डौ ।नेपाल टेलिकमले नयाँ वर्ष २०७५ लक्षित अफर ल्याएको छ। बैशाख १ गतेदेखि १५ गते सम्म पाँचवटा सेवामा लागू हुने अफर ल्याएको छ।

ग्राहकले ह्याप्पी विकेण्ड प्याक अन्तर्गत जिएसएम/सिडिएमए प्रिपेड/ पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक सय रुपैयाँमा एक जिबी डाटा एक हप्ताका लागि खरिद गर्न सक्ने टेलिकमले जानकारी गराएको छ।

अनलिमीटेड जिएसएम/सिडिएमए नाइट डाटा प्याक अन्तर्गत ग्राहकले एक जिबी डाटा खरिद गर्न सक्ने छन् । एक दिन चल्ने उक्त प्याक ग्राहकले राती १० बजे देखि बिहान ६ बजेसम्म चलाउन पाउनेछन्। नाइट डाटा प्याकमा १ जिबी डाटा थ्रिजी र फोरजीको गतिमा चल्ने र बाँकी २ सय ५६ केबीपीएसको गतिमा चल्ने टेलिकमले जनाएको छ।

एडीएसएल भोलुम बेस्ड प्याकेज अन्तर्गत ग्राहकले दुई सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सक्ने टेलिकमले जानकारी दिएको छ। टेलिकमका अनुसार ग्राहकले तीन सय रुपैयाँमा २५ जीबी डाटा र चार सय रुपैयाँमा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ।

एडीएसएल अनलिमीटेड प्याकेज अन्तर्गत ग्राहकले पाँच एमबीपीएस गतिको इन्टरनेट सेवा लिन सक्ने नेपाल टेलिकमले जनाएको छ। नेपाल टेलिकम अनुसार उक्त प्याकेज सात सय रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने छ।

ग्राहकले तीन हजार सात सय पचास रुपैयाँको प्याकेजमा एक सय ८० दिनसम्म र सात हजार रुपैयाँमा एक वर्षसम्म अनलिमीटेड डाटा पारयोग गर्न सकिने नेपाल टेलीकमले जानकारी दीएको छ ।

२०७४ चैत्र ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत