राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली रारा प्रस्थान

काठमाण्डौ।प्रधानमन्त्री केपी शर्मा ओली नयाँवर्ष २०७५ को पहिलो दिन वैशाख १ गते शनिबार राराबाट देशवासीको नाममा सम्बोधन गर्न मुगुतर्फ लागेका छन् ।

उनी यसको लागि शुक्रबार नै त्यस तर्फ लागेका हुन् । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।

शनिबार बिहाना सम्बोधन गरेपछी रारा पर्यटन वर्ष २०७५ उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले त्यहिँबाट विद्यालय भर्ना अभियानको पनि सुरुवात गर्नेछन् ।

२०७४ चैत्र ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत