स्वास्थ्य/जीवनशैली

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन सकियो

काठमाण्डौ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा भएको दुई दिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन सकिएको छ । देशभरबाट करिब १ हजार स्वास्थ्य बैज्ञानिकहरुको सहभागीता रहेको थियो ।

समापन समारोहमा बोल्दै स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा अञ्जनीकुमार झाले स्वदेशकै स्वास्थ्य तथा बैज्ञानिकहरुको यसप्रकारको सम्मेलनले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था दर्शाएको छ तथा समस्या पत्ता लगाउन सहयोग पुग्ने पनी बताएका थिए ।

त्यस्तै ७ जना युवा बैज्ञानिकहरु पुरस्कृत पनी भएका छन् ।पुरस्कृत हुनेहरुमा डा. सुनिल मुनाकर्मी , डा.मेघनाथ धिमाल , डा. दिनेश न्यौपाने, विष्णुप्रसाद उपाध्याय, मुना भट्टराई , डा. स्मृति पन्त तथा निर्भयकुमार शर्मा रहेका छन् ।

कार्यक्रममा ५७ वटा ओरल र ६७ वटा पोष्टर प्रस्तुति भएको थियो ।

२०७४ चैत्र ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत