राजनीति

उज्जन श्रेष्ठको शालिक तोडफोड

ओखलढुंगा।रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, अरुणदय माविको हाताभित्र निर्माण गरिएको उज्जन श्रेष्ठको शालिक विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।

शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेर ढालेका हुन् ।

स्थानीय बासिन्दाका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद नारा लगाउदै आएका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले जनयुद्धकालीन मुद्दा व्यूत्याएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालय हाताभित्र शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा विदेशी डलर ल्याएकोले शालिक तोडफोड गर्नु परेको जनाएको छ । शालिक केही दिन पहिलेमात्रै अनावरण गरिएको थियो ।

माओवादीले हत्या गरेका ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको मुद्दामा बालकृष्ण ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यही फैसलापछि अहिले ढुंगेल डिल्लीबजारस्थित सदरखोरमा छन् ।

२०७४ चैत्र ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत