देश

बर्दिया राष्ट्रिय निकुञ्जबाट तीनजना शिकारी पक्राउ

बारबर्दिया नगरपालिका वडा नम्बर ९ मा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट एक थान भरुवा बन्दुक सहित तीनजना शिकारी पक्राउ परेका छन् ।

हतियार सहित पक्राउ पर्नेमा स्थानीय मेघराज परियार, जनकराम थारु र कुन्नुराम थारु पक्राउ परेको निकुञ्जले जानकारी दिएको छ। उनीहरुका साथबाट विभिन्न प्रकारका गोली गठ्ठाहरुमा भरुवा बन्दुक एक थान, रडको गोली एघार थान र बारुद बरामद गरिएको निकुञ्जले जनाएको छ ।

उनीहरु विरुद्ध चोरी शिकारी ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ । उनीहरुलाई बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय ठाकुरद्वाराको हिरासतमा राखिएको जानकारी दीइएको छ ।

२०७४ चैत्र २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत