देश

आर्थिक वर्ष २०७३/७४ सम्ममा बेरुजु रकम रु. ५ खर्ब ८ करोड

आर्थिक वर्ष २०७३/७४ सम्ममा बेरुजु रकम रु. ५ खर्ब ८ करोड

काठमाण्डौ। महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको छ।

उक्त कार्यालयले एक वर्षको अवधिमा बेरुजु रकम २६ दशमलव २० प्रतिशतले बढेको उल्लेख गरेको छ । आर्थिक वर्ष २०७३/७४ सम्ममा बेरुजु रकम रु. ५ खर्ब ८ करोड पुगेको कार्यालयले जनाएको छ ।

आर्थिक कार्यविधि ऐन २०५५ ले प्रचलित कानून बमोजिम पु्र्‍याउनुपर्ने रित नपुर्‍याई कारोबार गरेको ब्यहोरालाई बेरुजूका रुपमा परिभाषित गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ सम्ममा बेरुजु रकम रु. ३ खर्ब ९६ अर्ब २५ करोड थियो ।

एक वर्षको अवधिमा १ खर्ब ३ अर्ब बेरुजु थपिएको कार्यालयले जनाएको छ । यसमध्ये, सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु. २१ अर्ब २६ करोड रहेको छ ।त्यस्तै अर्थ मन्त्रालयको बेरुजु रु. १६ अर्ब १६ करोड छ । कुल बेरुजु रकममध्ये १५ दशमलव ४७ प्रतिशत असुल गर्नुपर्ने, ४० दशमलव २९ प्रतिशत नियमित गर्नुपर्ने र ४४ दशमलव २३ प्रतिशत पेश्की रकम रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०७४ चैत्र २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत