राजनीति

छिट्टै २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार: अध्यक्ष दाहाल

धनकुटा। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय तर्फको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास गरेका छन् ।

सो क्रममा आफ्नो भनाइ राख्दै अब छिट्टै २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । ६ ओटा प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व रहने उनले दाबी गरेका थिए।

दाहालले आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीचपार्टी एकताको औपचारिक घोषणा हुने निश्चित भएको पनी जानकारी गराए ।

दुवै पार्टीबीचको एकता पछी ‘अब समावेशी, लोकतान्त्रिक र एकीकृत पार्टीको घोषणासँगै समाजवाद उन्मुखको लागी हामी जुट्ने छौं।’

उक्त कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकाल, सांसद राजेन्द्र राई, पूर्व सांसद हेमराज भण्डारी लगायतले पनि धारणा राखेका थिए।

२०७४ चैत्र २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत