खेलकुद

दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।

पानीले अवरोध पुर्याएपछी डकवर्थ एण्ड लुइसको आधारमा जयपुरमा भएको खेलमा दिल्ली राजस्थान रोयलसँग १० रनले पराजित भयो ।

राजस्थानले पहीलो इनिङ्को खेलमा १७.५ ओभरमा १५३ रन वनाएको थियो तर खेलको विचमा निकै बेर पानि परेपछि पहिलो इनिङ पूरा गर्न सम्भव नभएन पछी दोस्रो इनिङको खेल ६ ओभरमा झारीएको थियो ।

राजस्थानका लागि कप्तान अजिन्क्या राहानेले ४५ तथा सन्जु सामसनले ३७ र जोस बटलरले २९ रनको योगदान गरे । यस्तै बेन स्टोकले १६ रन थपे ।
जवाफमा ६ ओभरमा ७१ रनको लक्ष्य पाएको दिल्ली ४ विकेट गुमाउदा ६० रन मात्र बनाउन सक्यो ।दिल्लीको लागी म्याक्सवेलले १७,पन्तले २०,मोरिसले १७ तथा शंकरले ३ रन बनाएका थिए ।

२०७४ चैत्र २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत