राजनीति

रमेश खरेलको राजीनामा स्वीकृत

काठमाण्डौ। डीआईजी रमेश खरेलको राजीनामा स्वीकृत भएको छ । प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिएका थिए ,उनको राजीनामा एकै दिन गृहमन्त्रालयले स्वीकृत गरिदिएको छ।

गृह मन्त्रालयले खरेलको राजीनामा स्वीकृत भएको जानकारी दिएको छ। सरकारले मंगलबार सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक आईजीपी बनाएपछि डीआईजी खरेल राजीनामा दिन पुगेका हुन् ।

सर्वेन्द्र खनाल आईजीपी नियुक्त भएलगत्तै खरेलले राजीनामा दिने घोषणा गरेका थिए । प्रहरीको आईजीपी दौडमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की थिए । डीआईजी बढुवा हुँदाको कार्यसम्पादन मूल्याङ्कनमा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

२०७४ चैत्र २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत