देश

माथिल्लो तामाकोशी जलविद्युत् आयोजमा केही समस्या भएमा सिधै मलाइ सम्पर्क गर्नु: प्रधानमन्त्री ओली

दोलखा।दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज प्रधानमन्त्री केपी शर्मा ओलीले निरिक्षण गरेका छन् । उनले उक्त जलविद्युत् आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज चिनियाँ राजदूत यू होङका तथा ऊर्जा मन्त्री वर्षमान पुन साथ आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा काम ढिला गर्न नहुने पनी बताए।

निर्माणमा कुनै समस्या देखिए सम्बन्धित निकाए अथवा आफुलाइ सिधै सम्पर्क गर्न आग्रह गरेका छन् सरकारले तत्काल समाधान गर्ने पनि ओलीले बताए।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट ऊर्जा उत्पादन हुने जनाइएको छ ।

२०७४ चैत्र २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत