DPL को दोस्रो क्वालिफायर्समा आज १२ बजेबाट
खेलकुद

DPL को दोस्रो क्वालिफायर्समा आज १२ बजेबाट

कैलाली स्थित संघिए इकाई प्रहरीको मैदानमा भइरहेको धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज काठमाण्डौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड भिड्दैछन ।खेल दिउसो साढे १२ बजेबाट सुरु हुनेछ । काठमाण्डौ पहिलो क्वालिफायर्समा घरेलु टिम धनगढी टिम चौराहासँग एक विकेटले पराजित भएको थियो ।

काठमाण्डौ लिग चरणमा अपराजित रहेको थियो। लिगको शिर्ष स्थानमा रहेका कारण उसले हारेपनि फाइनलमा पुग्न अर्को मौका पाएको हो । यस्तै महेन्द्रनगरले सिवाईसी अत्तरीयालाई १५ रनले पराजित गर्दै क्वालिफायर्समा पुगेको छ।

२०७४ चैत्र २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत