देश

मेलम्चीको साढे २७ किलोमिटर सुरुङ ब्रेक थ्रु’ भदौसम्म काठमाण्डौमा पानी

काठमाण्डौ ।तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाण्डौमा मेलम्चीको पानी ल्याउने नारा ०४८ को निर्वाचनमा बाँडेका थिए ,तर ०६५ मा एसियाली विकीस बैंले ऋण सहयोग गर्ने भएपछी काम सुरु भएको बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा भएको छ ।

मंगलबार दिउँसो २.२५ बजे २७.५८४ किमि सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै मेलम्चीको पानी काठमाडौं छिटै आउने सम्भावना बलियो भएको छ । अन्य व्यवस्थापकीय काम सकेर आगामी भदौसम्ममा काठमाण्डौमां पानी आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले बताएको छ । तर, उपभोगका लागि भने माघदेखी मात्र मेलम्चीको पानी प्रयोगमा ल्याइने छ।

अब सुरुङ खनिए पनि प्लास्टर र भुइँ ढलान गर्न बाँकी नै छ । अहिलेसम्म ४.५ किमिमा मात्रै प्लास्टर र भुइँ ढलान भएको छ । २३.०८४ किमि सुरुङको प्लास्टर र भुइँ ढलान गर्न कम्तीमा तीन महिना लाग्ने समितिले जनाएको छ ।

२०७४ चैत्र २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत