खेलकुद

चेन्नेइको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिगमा चेन्नेइले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा कोलकाता नाइटराइडर्स माथि ५ विकेटको सनसनीपुर्ण जित निकाल्न सफल भयो हो ।

चेन्नेईमा भएको खेलमा टस जितेर चेन्नेईले बलिङ् गर्ने निर्णय गरेको थियो टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले आन्द्रे रसेलेको विस्फोटक ब्याटीङ् कारण २० ओभरमा ६ विकेट गुमाउदै दुई सय दुई रन बनाएको थियो ।

कोलकाताका लागि विस्फोटक पारी खेलेका रसेलले ३६ बलमा ८८ रन बनाए । जसमा ११ छक्का र एक चौका सामेल थियो ।यस्तै रविन उथप्पाले २९ तथा कप्तान दिनेश कार्तीकले २६ र क्रिस लियोनले २२ रन बनाए ।

रन चेज गरेको चेन्नेईले एक बल बाँकि हुदा पाच विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उसका लागि साम विलिङसले ५६, सेन वाटसनले ४२ तथा अम्बाती राइडुले ३९ रन बनाए । यस्तै धोनीले २५ र सुरेश रैनाले १४ रनको योगदा गरे । लगातार दुई जित निकालेको चेन्नेई चार अंक बनाएको छ ।

चेन्नेई सुपर किङस इन्डियन प्रिमियर लिगमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ।

२०७४ चैत्र २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत