स्वास्थ्य/जीवनशैली

स्वास्थ्य बीमा कार्यक्रम सेवा लिनेको संख्या १ लाख ३८ हजार ५०० पुग्यो

काठमाण्डौ ।वि सं २०७२ चैत २५ गते कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम दुई बर्ष भित्र यसको सदस्यसंख्या ६ लाख नाघेको छ। आइतबार बीमा कार्यक्रम प्रारम्भ भएको दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा राष्ट्रिय बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा भुवन पौडेलले हालसम्मको प्रगति बिबरण प्रस्तुत गर्दै बीमा गराएर सेवा लिनेको संख्या १ लाख ३८ हजार ५०० पुगेको बताएरा छन् ।

पौडेका अनुसार बीमामा आवद्ध भएकाहरुबाट उठेको प्रिमियम मात्रै ३३ करोड ४७ लाख २० हजार पुगेको छ । यहि अवधीमा बिमितको उपचारका लागि बोर्डले २१ करोड ८७ लाख ८३ हजार ५७७ रुपैयाँ खर्च गरेको छ ।

२०७४ चैत्र २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत