मुसलमान भएको कारण सलमानलाई सज़ाए:पाकीस्तान विदेश मन्त्री
बलिउड

मुसलमान भएको कारण सलमानलाई सज़ाए:पाकीस्तान विदेश मन्त्री

भारत ।कालो हरिण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

यस घटनाले कतै खुसी छाएको छ भने कतै निरासा ।

राजस्थानको बिश्नोई समाजले सलमानको सज़ाय बाट खुसी छन् भने सलमानका प्रसंशक हरु दु:खी भएका छन् ।

राजस्थानको जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका बेला कालो हरिण मारेको आरोपमा सलमानलाई सजाय सुनाएकाे हाे । सलमानलाई पाँच वर्षकाे जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना ताेकिएकाे छ ।

तर अहीले यस मामलामा पाकिस्तानी विदेश मन्त्री ख़्वाजा मोहम्मद आसिफ़को भनाइले विवाद शुरु गरिदीएको छ।

पाकिस्तानी समाचार च्यानल जिओ न्यूज़लाइ दिएको एक विवादीत अन्तरवार्तामा उनले भनेका छन् सलमान ख़ान अल्पसंख्यक मुस्लिम समुदाय भएकै कारणले उनलाइ यो सज़ाय सुनाइएको हो ।

उनले भनेका छन् यदी सलमानको धर्म भारतीय सत्तारुढ सित मिल्थियो भने सायद उनलाइ यो सजाय हुनेथिएन र उनी प्रती नरम व्यवहार अपनाइन्थियो ।

२०७४ चैत्र २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत