कर्णाली प्रदेश सरकारले कर्णाली पर्यटन वर्ष२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा निःशुल्क वाईफाई सेवा सञ्चालन गर्न भएको छ। वैशाष १ देखी रारा ताल वरपर निःशुल्क वाईफाई सेवा सञ्चालन हुने भएको हो ।
टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर थप गर्ने तयारी पनि भइरहेको जनाएको छ ।
रारा आउने पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर निःशुल्क वाईफाईको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारले जानकारी दिएको छ।
वैशाख १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली पर्यटन वर्ष २०७५ को रारा तालबाट उद्घाटन गर्ने छन् ।
२०७४ चैत्र २२ गते मा प्रकाशित