काठमाण्डौ ।मयुर यातायातले काठमाडौं-बनेपा रुटमा बस चलाउने रुट परमीट पाएपछि काभ्रे र भक्तपुरका सडकमा एकाधिकार गरेका ११ ओटा समितिहरुले सेवा अवरुद् गरी ग्रामीण र शहरी दुवै भेगका बस चलाउ छाडेपछी सरकारले यातायात व्यवसायी तथा कम्पनीलाई काठमाण्डौबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको थियो जसले प्रभाव आजै बाट परेको छ जसअनुसार साझा यातायात र सिटी मेट्रो यातायातले धुलिखेलसम्म यात्रु ओसार्न सुरु गरिसेका छन् ।
आज साझाका १० वटा बस र सिटी मेट्रो यातायातका १० वटा बस धुलिखेलसम्म चलेका छन्। विभागले रुट इजाजत खुला गरेपछि। ‘। बिहीबारदेखि थप २० वटा बस थपिनेछ तथा कुनै गाडी अथवा समीतीले अवराेध सिर्जना गरे गाडीकाे रुट परमिट खारेज गर्ने विभागले जनाएको छ।
२०७४ चैत्र २१ गते मा प्रकाशित