सरकारले काठमाण्डौबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ
फिचर

सरकारले काठमाण्डौबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ

काठमाण्डौ।सरकारले यातायात व्यवसायी तथा कम्पनीलाई काठमाण्डौबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ अहीले कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेकाछन्।

धुलिखेलसम्म यातायात चलाउन इच्छुकलाई बुधबारनै सबै प्रक्रिया पुरा गरेर रुट दिने यातायात कार्यलयले जनाएको छ।

अत्यावश्यक सार्वजनिक सेवाम पर्ने यातायात जस्तो सम्बेधन सिल कुराम पनी यातायात समितिहरुले हड्ताल गरेपछि विभागले काठमाडौं उपत्यका चलिरहेका अन्य व्यवसायी समिति र कम्पनीहरुलाई धुलिखेलसम्मको रुट इजाजत खुला गरेको हो ।

मयुर यातायातले काठमाडौं-बनेपा रुटमा बस चलाउने रुट परमीट पाएपछि काभ्रे र भक्तपुरका सडकमा एकाधिकार गरेका ११ ओटा समितिहरुले सेवा अवरुद् गरी ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेका हुन् । अहीले उक्त रुटमा मध्यपुर यातायातले मात्रै सेवा दिइरहेको छ ।

यो सिन्डिकेट र समस्यालाइ ध्यानमा राखेर विभागले धुलिखेसम्म अरु यातायातलाइ पनि रूट इजाजत दिने निर्णय गरेको हो ।

२०७४ चैत्र २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत