समाज

रेणु दाहालले गरिन् घोषणा धुर्मुस–सुन्तलीले पाउने भए रंगशालाको लागी जग्गा

चितवन।धुर्मुस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला बनाउन ठांउ खोजी रहेकोबेला भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल धुर्मुस–सुन्तली फाउण्डेसनलाइ सहयोगको लागी अगाडी आएकी छीन् उनले रंगशालाको लागी जग्गा उपलब्ध गराउने घोषणा गरेकी छीन् ।

आज पत्रकारहरु सित कुरा गर्दै मेयर रेणु दाहालले भनिन् भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो, धुर्मुस–सुन्तली फाउण्डेसनलाइ क्रिकेटका लागि चितवन आउन आह्वान गर्छु, महानगरले सक्दो सहयोग गर्छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताएकी छीन् ।
उनले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत माहानगर तयार छ भन्दै आजै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने उल्लेख गरीन्।

२०७४ चैत्र १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत