नदोहोरियोस त्यो दिन
बिचार/ब्लग

नदोहोरियोस त्यो दिन

सम्झना २०७२ बैशाख १२ 

वर्षौदेखि उठ्नै नसक्ने गरी समाजलाई छिया छिया पार्ने फोहोर राजनिती हुदा पनि जनता सहेकै थिए ।यस्तै प्राकृतिक बिपति भुकम्प रुपमा बैशाख १२ आएर भएको सामाजीक धरोहर पनि छिया छिया बनायो ।

सुनौलो सपना बोकेर बिहानी यात्रामा निस्किएका बटुवा हुन् वा शनिबारे बिदामा रमाईरहेका बालबालीका र कर्मचारीहरु हुन् सबैको खुसी एकै झड्कोले गुमाईदियो । आफ्नो ज्यान बचाउन मुस्कील पर्ने वातावरण बन्दै गयो त एक पछि अर्को पराकम्पनले हल्लाईरह्यो हावाहुरी र वर्षाले झनै तर्साईरह्यो । 

यस्तै आफ्नो आफन्तको सुन्दर भविष्य र सुखी भविष्यको कल्पनामा बिदेशी भुमीमा हुनेको मन धड्कन रोकीएन। आफ्ना आफन्तको सम्झनामा काममा खटिन बाँध्ये बनिरहे ।

अस्थिर राजनितिले छिया छिया समाज केहि समयको लागि त एकजुट त गरीदियो तर आफ्ना आफन्त र सारा सम्पती गुमाउन पर्दा मन भने छिया छिया नै भईरह्यो । 

अहिले सम्झदा पनि अत्यास लाग्छ जब म धरहराकै नजीक रहेको पसलमा शनीवारे किननेलको लागि गएको थिए ।एकाएक भुई हल्लायो सबैतिर भाग दौड़ मच्चियो अनि भएका घरहरु र धरोहरहरु भत्किएर धुलोको मुस्लो मडारिएर ढाक्न थाल्यो अनी एका एका लाशहरु र घाईतेहरुको भिडले अस्पताल भरिए । 

तर बिहानीको पारीलो घामको स्पर्श नपाउदै प्राकृतिक बिपतिले प्रहार गर्दै पुराना पुरातात्विक सम्पदा नाम निशाना नरहने गरी ध्वस्त बनायो ।

२०७४ बैशाख १२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत