काठमाण्डौ गोल्डेन्स ७ विकेटले विजयी
खेलकुद

काठमाण्डौ गोल्डेन्स ७ विकेटले विजयी

धनगढी ।प्रदेश नं ७ संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार देखी सुरु धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन्स ७ विकेटले विजयी भएको छ ।

काठमाडौं गोल्डेन्सले टिम ले चौराह धनगढीलाई ७ विकेटेले हराएको हो ।

टस हारेर व्याटिङ गर्न उत्रेको चौराह धनगढी टीमले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो । धनगढीका लागि सुनील धमलाले ५७ बलमा ६८ रन बनाएका थिए । शंकर रानाले ३१ बलमा ३६ रन बनाउँदा राजु रिजालले १० रन जोडेका थिए ।

चेज गर्न उत्रेको काठमाडौं गोल्डेन्स टिमले १४६ रनको चुनौती १८ ओभर ४ बलमै पार गरेको थियो ।

काठमाडौंका लागि अमित श्रेष्ठले ८१ र नरेश बुढाऐरले अविजित २४ रन बनाए । अमितले ६५ बल खर्चिएर ४ छक्का र ९ चौका प्रहार गरे । धनगढीका सम्साद शेखले र सुनील धमलाले १ विकेट लिए भने साहब आलमले ह्याट्रिक विकेट लिएका थिए ।

२०७४ चैत्र १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत