खेलकुद

रिकी पोन्टिङले गरे सन्दीपको प्रशंसा

काठमाण्डौ। दिल्लीका प्रशिक्षक तथा पूर्व अष्ट्रेलियन कप्तान रिकी पोन्टिङले सन्दीपका बारेमा प्रशंसा गरेका छन् । नेपाली क्रिकेटर सन्दीप लामिछाने अहीले बन्द प्रशिक्षणमा रहेका छन् । आइपीएलको प्रतिष्पर्धामा रहेको दिल्ली डेयरडेभिल्समा आवद्ध लामिछानेको उत्कृष्ट प्रदर्शन रहेको भन्दै उनको चर्चा भएको छ ।

दिल्लीको बन्द प्रशिक्षणमा भर्खर सामेल भएका पोन्टिङले सन्दीपमा एक प्रतिभा साली खेलाडी रहेको बताउँदै उनी साच्चिकै राम्रा खेलाडी रहेको पनी बताएका छन् । सन्दीपको बलिङलाई उनले नजिकबाट नियालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन्दिपका प्रसंसकहरु पोन्टिङको यस भनाइले उत्साहीत भएका छन् उनी प्लेइङ ११ मा पर्नसक्ने संकेत पनी देखिएको छ ।

२०७४ चैत्र १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत