सूचना प्रबिधि

नेपाल टेलिकमले शुरु गर्यो ब्यालेन्स सापटी सुविधा

काठमाण्डौ।नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब देखी नहुने भएको छ ।

नेपाल टेलिकमले शुक्रबारदेखि नमस्ते क्रेडिट सेवा संचालनमा ल्याएको छ जस अन्तरगत टेलिकमले आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई ब्यालेन्स सापटी सुविधा प्रदान गरेको छ ।

टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरे । अब ग्राहकले ५ रूपैयाँदेखि ४० रूपैयाँसम्म सापटी ब्यालेन्स पाउनेछन् । ब्यालेन्स सकिएका सबै प्रिपेड ग्राहकमा यो सेवा स्वतः लागू हुनेछ ।

ग्राहकले यसअघि खर्च गरेको ब्यालेन्स रकमका आधारमा ग्राहकलार्इ छुट्टाछुट्टै रकम बराबरको सापटी सेवा दिन सुरू गरिएको हो । यो सुविधा नेपाल टेलिकमको प्रिपेडमा सिममा मात्रै लागू गरिएको छ। तर नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।

२०७४ चैत्र १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत