सन्दीपलाई एक नम्बरको जर्सी
खेलकुद

सन्दीपलाई एक नम्बरको जर्सी

काठमाण्डौ ।नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट एक नम्बरको जर्सीमा देखिने भएका छन् । पहीले उनलाइ प्रधानमन्त्री केपी शर्मा ओलीबाट जर्सी हस्तान्तरण गर्ने कार्यक्रम तय गरीएता पनि कार्यव्यस्तता कारण त्यो सम्भव भएन ।

सन्दीपलाई दिल्लीको तर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले जर्सी हस्तान्तरण गरेका हुन् । दिल्ली डेयर डेभिल्सबाट पहिलो पटक आईपीएल खेल्ने तयारीमा रहेका सन्दीपलाई दिल्लीले बिहीबार नेपालमै आई एक नम्बरको जर्सी हस्तान्तरण गरेको छ ।

सन्दीपलाई जर्सी हस्तान्तरण गर्न दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त दुवा, म्यानेजर सुनील भाल्सनलगायत बिहीबार नै नेपाल आइपुगेका थिए ।

२०७४ चैत्र ८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत