शत्रु गतेशुक्रबार रिलिज हुँदै धमाधम टिकट बुकिङ्
सिनेमा

शत्रु गतेशुक्रबार रिलिज हुँदै धमाधम टिकट बुकिङ्

काठमाण्डौ ।सार्वजनिक गीत तथा ट्रेलरको कारण बनेको प्रतिक्षित फिल्म शत्रु गते शुक्रबार रिलिज हुँदैछ । यो फिल्म हेर्न दर्शकले चासो देखाएका छन् , फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ । यससँगै फिल्म राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ ।

फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ तथा पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीले हो भने संवाद निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरि पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

२०७४ चैत्र ८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत