बिपतलाई अबसरमा बदलौ : संदर्भ १२ बैशाख २०७२
बिचार/ब्लग

बिपतलाई अबसरमा बदलौ : संदर्भ १२ बैशाख २०७२

प्राकृतिक बिपती होस वा मानिसद्धारा निम्त्याईको युद्ध दुवैबाट बिधंश हुन्छ । जसले अकल्पनीय क्षेती पुर्याउछ ।जुन ईतिहासको पानामा कालो दिनको नामले चित्रित बन्न पुग्छ । जसले देश,समाज हार्छ ,मानिसको सोचाई पनि हारेको हुन्छ ।हारेको मन बोकी बिधंश भएको संरचना,समाज र देशको पुनर्स्थापना गर्न जहाँ सबै एक जुट हुन्छ त्यहा बिकास र प्रगती सम्भव हुन्छ ।जसले बिपती वा युद्धलाई अवसर बनाई ईतिहासमा देशलाई परिवर्तनको स्वणिम यात्रामा डोर्याउन सफल हुन्छन । तर जहाँ बिभाजीत हुन्छन त्यहा झन स्थिति जर्जर बन्दै निस्कनै नसक्ने खाडलमा भाषिन पुग्छन ।यसको उदाहरण बिभिन्न देशको ईतिहास हेर्दा थाहा हुन्छ ।

 

सन् १७७६ जुलाई ४ मा अमेरीका स्वतन्त्र हुनु भन्दा पहिला पनि त्यहाको अर्थतन्त्र खराब थियो बिकासको सामान्य गति त थियो तर समाज बिभाजित थियो ।जुन बेला स्वतन्त्र भयो अनी त्यसलाई अवसरको रुपमा उपयोग गर्दै अहिले सम्म पनि अर्थतन्त्रमा पहिले र बिश्वोमा शक्ति राष्ट्र बनेको छ ।त्यस्तै सन् १९४५ मा अमेरीकाले जापानको हिरोशिमा र नागासाकीमा बम खसाले पछि दोस्रो बिश्वयुद्धको समाप्त भयो । जसले जापानको अर्थतन्त्र र भएका संरचना ध्वस्त मात्र भएनन् लाखौ मानविय क्षेती र बर्षौ सम्म असर पार्ने मिसायलको प्रयोगले तत्काल पुन निर्माण गर्न कठिन थियो ।तर सबै कठिनाईलाई चिर्दै जापानले आफुलाई अवसरको रुपमा लिएर आर्थीक,सामाजिकमा तथा प्राविधिक क्षेत्रमा संसारको प्रमुख शक्ति बनायो ।

यसरी नै जुनबेला सन् २००४ ईन्डोनेसियामा ९.१ रेक्टरस्केलको महाभुकम्प र सामुन्द्रिक आँधि(सुनामी) तहस नहस बनाएको थियो ।त्यती बेलाको त्यहाको राजनैतीक अवस्था नेपालको बर्तमान अबस्थासँग मिल्दोजुल्दो थियो ।त्यहा पनि नेपालमा जस्तै प्राकृतिक बिपतीले भएका सबै संरचना ध्वस्त बनायो शहर,समाज तहसनहस पार्यो तर त्यसले त्यहाका सबै समाज राजनैतीक दललाई एक ठाउमा उभ्यायो र ध्वस्त संरचना पुननिर्माण गर्न सहजै अघि बढ्न सफल भए । 

 

यसरी प्राकृतिक बिपतीले निम्त्याईको संकटलाई त्यहाका राजनैतीक शक्तिले अवसर रुपमा लिएर निरन्तर रुपमा खटेर,सबै एक ठाँउमा उभिएर राष्ट्रिय समस्या समाधान गर्न लागे र करिब ८/९ बर्षमा सबै संरचना उस्तै बने र देश बिकासमा नयां सुरुवात भयो ।जसले गर्दा अहिले ठुलो आर्थीक फड्को मार्दै अघि बढिसकेको छ ।

 

जुन बिपती हुनु अघि सम्म धेरै जस्तो दिन हरु बिभिन्न दलले गर्ने बन्द हडतालले बन्द रहने शहरहरु अहिले सधै खुल्ने अबस्था पुगे ।यसरी प्राकृतिक बिपतीले गर्दा त्यहांका सबै शक्ति एक भए र सधै भईरहेने आन्दोलन ,बन्द हडताल लगाएतका क्रियाकलाप सधैका लागि अन्त्य हुन पुगे र समाज प्रगतीको बाटो अघि बड्न पुग्यो ।

 

त्यस्तै  सन २०१० फेब्रुअरी २७मा चिलीमा गएको ८.८ रेक्टर स्केलको शक्तिसाली महाभुकम्पले पनि चिलीको उत्तरी भाग ध्वस्त  गराएको थियो ।तर त्यहाको उद्दार,राहत तथा पुननिर्माण अत्यान्त द्रुत गतिमा भएर हाल पहिलेको भन्दा राम्रो स्थीतीमा पुगेको छ ।

 

तर त्यस्तै बिपती सन २०१० जनवरी १२ मा गएको भुकम्पले हाईटीमा निम्त्यायो ,त्यसरी नै ध्वस्त बनायो ।त्यहा पनि हाल नेपाल र २००४ को ईन्डोनेसियाको राजनैतीक अबस्था उस्तै थियो तर त्यहा ईन्डोनेसियाको जस्तो सबै एक भएनन् हुन सकेनन जुट्न असफल भए । सरकार संचालन गर्ने र बिपक्षमा रहेका बिच पहिले जस्तो टकराब रहिरह्यो ।बैदेशीक सहयोग सबै भ्रष्टचार हुन पुग्यो र ध्वस्त भएको संरचना न बन्यो न त जनताले राहत नै पाए ।जसले गर्दा अहिले ७ वर्ष बितीसक्दा पनि त्यहाको अबस्था उस्तै रहन बाध्य भयो । भुकम्पले ध्वस्त संरचना बन्नु त टाढाको कुरा भएका संरचना ध्वस्त गराउने गृहयुद्ध जस्तो चपेटामा अझै पिडित बनाको छ ।

 

यसरी हेर्दा संसारमा बिपत,ध्वंस भए पछि नै धेरै देशहरु आर्थीक,सामाजिक र प्राविधिक प्रगती हासील गर्न सफल भएका छन् भने केहि झन जर्जर स्थितीमा पुगेका छन् । जहा ध्वंस वा ध्वस्त हुन्छ त्यहा बिकास अबश्य हुन्छ प्रगती अनिबार्य हुन्छ तर जसलाई राजनिती दल,सरकार र समाजले अवसरको रुपमा लिएर अघि बढ्न सक्नु पर्छ । जसलाई हामीले अवसर ठानेउ भने मात्र बिपीको परिकल्पना समाजबादको यात्रा थालनी हुन सक्छ र समाज परिवर्तन तर्फ अघि बढ्छ ।

 

 

तर हामीले हाम्रो हठ ,ब्यक्तिगत र पार्टिगत महत्वकांक्षा त्याग्न जरुरी छ ,बिभाजित राजनिती र समाजलाई एक ठाउ हुन अनिबार्य छ र देशको आर्थीक,सामाजिक र प्राविधिक बिषय राष्ट्रिय मुद्धा बन्न अपरीहार्य छ ।अनिमात्र बैदेशीक साहसता सदुपयोग हुनेछ,मृतक आत्माले शान्ति पाउने छ,पुर्खाले सुम्पीएको नासोको सहि सदुपयोग भई हाम्रो जिम्मेबारी पुरा हुनेछ ।

 

बि.सं २०७२ बैशाख १२ को भुकम्प तत्कालको लागि बिपती भए पनि देशको प्रगतीको यात्राको लागि सुवर्ण अवसर हो ।हामी नेपाली एक ठाउ उभिएर ध्वस्त संरचना पुननिर्माण गर्न जुट्नु पर्छ ।बिकास र प्रगतीको आर्थीक,सामाजिक र प्राविधिक बिषय सबैको साझा बन्नु पर्छ अनी मात्र बिदेशीहरुले नेपालको बिकासमा ठुलो सहयोग गर्नेछन र प्रगतीको सुरुवात हुनेछ । अनी यो भुकम्प र बिपती नेपालको स्वर्ण युगको थालनीको अबसर बन्नेछ ।

 

 

टिकाराम गौतम 
(लेखक प्राविधिक शिक्षा र ब्यबस्थापनमा टोकीयोमा अध्ययनरत बिधार्थी हुन)

२०७४ बैशाख ११ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत