समाचार

ट्राफिक जाम मुक्त नेपाल घोषणाको खाका तयार पार्नुस: गृहमन्त्री थापा

काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई गृह मन्त्रालयमा बोलाएर जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिनुभएको छ । गृहमन्त्री थापाले तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन पनी निर्देशन दिनुभयो ।

मन्त्री थापाले ट्राफिक व्यवस्थापन गर्न कती समय लाग्छ त्यसको स्पष्ट खाका तयार गर्नुस ,उहांले भन्नुभयो जसरी लोडसेडीङ् मुक्त देश घोषणा गरिएको छ ,त्यसरीनै ट्राफिक जाम मुक्त नेपाल बनाउने हो ।

२०७४ फाल्गुण ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत