राजनीति

राष्ट्रीय एकता मजबुद गर्न मात्र संविधान संशोधन: ओली

काठमाण्डौ ।बालुवाटारमा आयोजित चियापानम एमाले, माओवादी केन्द्र, फोरम र राजपाका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले कार्यक्रमलाइ सम्बोधन गर्दै समयको मागअनुसार संविधान संशोधन गर्ने बताएका हुन् ।

उनले भने, देशलाई नोक्सानी हुने, अखण्डतामा असर पर्ने गरी संशोधन गरिदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संशोधन हुन्छ ।प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने पनि बताए । अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाविरुद्ध जागरण अभियान चलाइन्छ’ उनले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’

२०७४ फाल्गुण ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत