देश

बंगलादेशी मन्त्री र गृहमन्त्री बिच भेट वार्ता

काठमाडौँ, ३० फाुगन। बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज गृहमन्त्री रामबहादुर थापासँग गृहमन्त्रालयमा भेट वार्ता गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका भएको मन्त्री शाजहान लाइ गृहमन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसका लागि एक समिति गठन गरिएको जानकारी गराउनुभयो ।

मन्त्री थापाले दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र आफू लगायतका सरकारका उच्च अधिकारी दुर्घटनास्थलमा पुगेर राहत तथा उद्धारकार्य लाइ तीव्रता दिन निर्देशन दिनाका साथै स्रोत र साधनले भ्याएसम्म उद्धारमा कुनै कमी नगरिएको बंगलादेशका मन्त्री कमललाई जानकारी गराउनुभयो ।

वार्तामा मन्त्री थापाले दुर्घटनामा निधन भएका बंगलादेशी नागरिक प्रती समवेदना जनाउदै शवको पहिचान तथा शव परीक्षणको प्रक्रिया जारी रहेको र त्यो सकिने वित्तिकै द्रुत गतिमा शव बंगलादेश लैजानका लागि व्यवस्था मिलाइने बताउनुभयो । बंगलादेशका मन्त्री कमलले दुर्घटनाप्रति गहीरो दुःख व्यक्त गर्दै दुर्घटना लगत्तै नेपाली पक्षले राहत तथा उद्धारमा देखाएको सक्रियता र तत्परताप्रति धन्यवाद व्यक्त गर्नुका साथै उद्धारमा आफुहरुले कुनै किसिमको कमी भएको महसुस नगरेको स्पष्ट पार्नुभयो ।

आफूले विमान दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका १० बंगलादेशी नागरिकलाई काठमाण्डौको विभिन्न अस्पतालमा पुगेर अवस्थाबारे जानकारी लिएको र उपचारमा प्रति आफूहरु सन्तुष्ट रहेको मन्त्री कमलले बताउनुभयो । वार्तामा दुबै देशका मन्त्रीहरु बिच आगमी दिनमा यस्तो दुर्घटना हुन नदिन र घटनाको छानबिन गर्न सहजीकरण गर्ने सहमति भएको छ । दुर्घटनामा परी ४९ जनाको निधन भएकामा २२ यात्रु र चार चालक दलका सदस्य गरी २६ बंगलादेशी नागरिक, २२ नेपाली र एक चिनियाँ नागरिकको रहेका थियो ।

२०७४ फाल्गुण ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत