देश

बंगलादेश जस्तो सुकै सहयोगको लागी तयार छ : शेख हसिना

काठमाण्डौ । बांग्ला एयरको विमान दुर्घटनामा घाइतेको उपचारको लागी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मध्यरातमा एक भिडियो संदेश जारी गर्दै उपचारमा नेपाल सरकारलाई जस्तोसुकै आपतकालीन सहयोग गर्न तयार रहेको बताउनुभएको छ । फ्लाइट नम्बर बिएस २११ को विमान ढाका–काठमाडौं उडानका क्रममा अवतरण गर्दा त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा परेको थियो ।

यसैबीच प्रधानमन्त्री केपीशर्मा ओलीले बंगलादेशी समकक्षी हसिनासँग टेलिफोन सम्बाद गर्नुभएको छ । उहाँहरुबीच विमान दुर्घटनाबाट भएको मानवीय क्षतिको विषयमा कुराकानी भएको बताइएको छ ।

२०७४ फाल्गुण २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत