विद्यादेवी भण्डारी दोस्रो कार्यकालको लागी राष्ट्रपति पदमा निर्वाचित ।
देश

विद्यादेवी भण्डारी दोस्रो कार्यकालको लागी राष्ट्रपति पदमा निर्वाचित ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी दोस्रो कार्यकालको लागी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन समितीले जानकारी गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको थियो ।

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो ।

कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित रहेको निर्वाचन समितीले जानकारी गराएको छ ।

२०७४ फाल्गुण २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत