राजनीति

वैशाष ९ मा हुने भयो दूइ ठूला वाम दल बिच पार्टी एकता

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र ) ले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते औपचारिक रूपमानै पार्टी एकीकृत गर्ने भएका छन्।

देशका दुई ठूला वाम पार्टीहरूले औपचारिक रूपमानै आ–आफ्ना पार्टीका कमिटी विघटन गरेर सो दिन एकीकृत पार्टीको स्थायी समिति र केन्द्रीय समिति घोषणा गर्नेछन्।

एकता घोषणा पछी कानुनी रूपमा दूवैलाइ पार्टी एक बनाउन निर्वाचन आयोगमा दल दर्ता गरिने माओवादी केन्द्रका एक नेताले साझा अनलाइनलाइ बताए ।

यस अघी प्रतिनिधी सभाको निर्वाचन हुनु भन्दा केही समय अगाडी सबैलाइ चकित बनाउदै एमाले र माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभा चुनावमा तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए।

त्यसैको निरन्तरता स्वरुप फागुन ७ मा ७ बुंदे सहमती भएको हो र वैशाष ९ मा पार्टी एकता हुदैछ र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने ति नेताले बताए ।

२०७४ फाल्गुण २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत