देश

लोडसेडिङको तालीका हैन वढी विद्युत खपत गर्न तयार हौं: कुलमान घिसिङ्ग

नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले कन्काई नगरपालिकालाइ देशको पहीलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका छन् ।

घिसिङले घोषणासंगै देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने र केही महिनापछी नेपाल विद्युत प्राधिकरणले जनतालाई बढी विद्युत खपत गर्नका लागि सार्वजनिक सूचना जारी गर्ने दाबी गरेका हुन् । लोडसेडिङभन्दा पनि अबका दिनममा उत्पादन भएको बिजुली कसरी खपत गर्ने भन्नेतिर सोच्ने बेला आएको घिसिङले बताए ।

अबको केही महिनापछि नै पूर्वको कावेली करिडोरको १०० मेघावाट बिजुली उत्पादन भएर आउने तयारीमा रहेको बताउँदै कुलमानले भने उक्त बिजुली पूर्वाञ्चल क्षेत्रमै खपत हुने भएकाले विजुलीको उत्पादन प्रशारण लाइनमा जोड्नसाथ पूर्व क्षेत्रलाई हालको मागअनुसार सम्पुर्ण रुपमा विजुली पुग्ने जनाए ।

नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारले संयुक्त रुपमा काम गरिरहेका छौं ।अवको डेढ वर्षभित्र सम्पुर्ण विद्युत आयात गर्न छाडेर आफैँ आत्मनिर्भर हुनेगरी परियोजनाहरु अगाडी बडीरहेको उनले जानकारी दिए ।

२०७४ फाल्गुण २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत