ग्लोबल

भारतलाइ दिए ट्रम्पले धम्की

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प आफ्नो प्रमुख प्रतिस्पर्धी राष्ट्र चीनसँगै जोडेर भारतलाई पनि अमेरिकी कम्पनीहरु माथिको कर नघटाए आफ्नो देशमा रहेका कम्पनीमाथि पनि दोब्बर कर थोपरिदिने धम्की दिएका छन् ।

उनले आफ्नो प्रमुख साझेदारहरु मध्येको एक भारतलाई पनी करको विषयमा धम्की दिएका हुन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा पनि तनाव बढ्न सक्ने अनुमान गरिएको छ।

व्हाइट हाउसको कार्यक्रममा बोल्दै उनले चिन र भारत यी दुई देशमा रहेका अमेरिकी कम्पनीमाथि लगाइएको कर घटाउनै पर्ने यदि नघटाइए त्यसविरुद्ध आफूले कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेका छन् ।

पछिल्लो केही समयदेखि ट्रम्पले अमेरिकाबाट आयात गरिने महँगो मोटरसाइकल हार्ले डेभिडसनमाथि ५० प्रतिशत कर लगाएकोबारेमा भारतमाथि प्रश्न उठाइरहेका छन् । ट्रम्पले आफूहरुले भारतबाट आयात गर्ने मोटरसाइकलमा पनि त्यसरी कर नलागएको जिकिर गरेका छन् ।

फेब्रुअरी २७ मा व्हाइट हाउसमा गभर्नरलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए, 'हामी भारतबाट निष्पक्ष व्यापार चाहन्छौँ । हार्ले डेभिडसन मोटरसाइकल हरेक वर्ष हजारौँको संख्यामा भारत पठाउँछ ।तर भारतमा मोटरसाइकलका लागि शतप्रतिशत कर तिर्नुपरिरहेको छ।' यस विषयमा भारतिय प्रधानमन्त्री सित कुरा गरेको र ५० प्रतिसत कर घटाउन पनी भनेको बताए ।

२०७४ फाल्गुण २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत