राजनीति

महरा सभामुखमा निर्विरोध निर्वाचित

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा शनिवार बसेको प्रतिनिधिसभाको बैठकले उनलाइ निर्वाचित घोषणा गरेको हो ।

उनको प्रस्तावकमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ थिए भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका थिए ।

२०७४ फाल्गुण २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत