ग्लोबल

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम सित भेट्न तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच हुने ऐतिहासिक पहिलो भेटका हुने भएको छ ।अमेरिकी राष्ट्रपति ट्रम्प यस एतिहासिक भेटको सहमत भएका छन् । दुई नेताबीच हुने भेटको यूरोपेली संघ (इयू), रसिया लगायत विश्व समुदायले स्वागत गरेको छन् ।

उत्तर कोरियाको आणविक हतियारप्रतिको आकर्षण र लगातारका परीक्षणका कारण प्योङयाङसँग वासिङ्टनको सम्बन्ध चिसो भैरहेको बेला यस खबरले इयू लगायत रसिले खुसी व्यक्त गरेका छन् । ह्वाइट हाउसको अगाडी उभिएरै दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहाकार चुङ यूई योङले शुक्रबार अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच आगामी मे महिनामा भेट हुन लागेको सार्वजनिक गरेका थियो ।

यूरोपेली संघले अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली नेता किमबीच भेटका लागि शिखर सम्मेलन हुने भन्ने अप्रत्यासित घोषणालाई ‘सकारात्मक प्रगति’ भनी प्रतिक्रिया दिएको छ ।

रसिया ,जर्मन लगायतका देशहरुले खुसी व्यक्तगर्दै यो विश्वशान्तिको लागी एक महत्वपूर्ण कदम भएको प्रतिक्रीया दिएका छन् ।

२०७४ फाल्गुण २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत