ठमेलमा खुल्यो नयां मल्टीप्लेक्स
मनोरञ्जन

ठमेलमा खुल्यो नयां मल्टीप्लेक्स

काठमाण्डौको ठमेलमा QFX कम्पनीले नयां मल्टीप्लेक्स संचालनमा ल्याएको छ ।QFX नेपालको स्तरीय मल्टीप्लेक्स मध्ये पर्दछ ।

यो नयां सिनेमा हल ठमेल स्थित छायाँ देवि कम्पलेक्सको चौथो तल्लामा छ । यसको नाम छायां सेन्टर राखिएको छ । नयां हलको औपचारिक ओपनिङ विहिबार साँझ गरिएको हो । तिन ओटा थिएटर रहेको यो नयां हलको कुल सिट क्षमता ३ सय ७२ रहेको छ ।

तिन वटा हलमा क्रमस १ सय ५० ,१ सय १२ तथा १ सय १० सिट रहेको छ । एकै पटक तिनवटै हल हाउस फुल भएमा एक पटकको आम्दानी १ लाख ५० हजार भन्दा माथीको हुने जनाइएको छ ।

२०७४ फाल्गुण २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत