खेलकुद

पारसको अन्तराष्ट्रिय करियरमा १००० रन पूरा

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तराष्ट्रिय करियर (लिस्ट ए करिअर ) मा एक हजार रन पुरा गरेका छन् । जिम्बाबेमा जारी वान डे विश्वकप क्रिकेट छनोटअन्तर्गत २४ फागुनमा स्टकल्याण्डविरुद्धको खेलमा ६३ रन जोडेका उनले आफ्नो व्यक्तिगत अन्तराष्ट्रिय करिअरमा १०५४ रन बनाएका हुन ।

नेपालका क्रिकेट टिमका सफल कप्तान मानिएका खड्काले ३० अन्तराष्ट्रिय म्याचमा १३३५ बलको सामना गरे छन् । जसमा उनको स्ट्राईक रेट ७८.९५ छ । उनको ब्याटीङ एभरेज ३६.३४ छ ।

३३ छक्का र ९० चौका प्रहार गरेका उनले सात अर्धशतक र दुई शतक पुरा गरेका छन् । खड्काको सर्वाधिक उच्चस्कोर यूएइ विरुद्ध ११२ रन हो । यो स्कोर उनले नामिबियामा ३ फागुनमा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा १०३ बलमा जोडेका हुन ।

२०७४ फाल्गुण २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत