खेलकुद

पहिलो टेष्टमा अष्ट्रेलिया ११८ रनले विजयी

दक्षिण अफ्रिका र अष्ट्रेलिया बिचको शुरु भएको चार टेष्ट म्याचको सिरीजको पहीलो टेष्ट म्याचमा अष्ट्रेलिया ११८ रनले विजयी भएको छ ।
दक्षिण अफ्रिकाको डर्वनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलियाले पहिलो इनिङ्गमा ३ सय ५१ रन बनाएको थियो । उसका लागि मिचेल मार्सले ९६ तथा कप्तान स्टिभ स्मिथले ५६ तथा डेविड वार्नरले ५१ रन बनाएका थिए ।

त्यस्तै पहीलो इनिङ्गमा दक्षिण अफ्रिकाले मात्र १६२ रन बनाउन सफल रहेको थियो दक्षिण अफ्रिकाका लागी एवि डिभिलियर्सले ७१ रनमा नट आउट रहदा अरु खेलाडी टीक्न सकेन ।

दोस्रो इनिङ्गमा अष्ट्रेलिया २ सय २७ रनमा अलआउट भयो । उसका लागि क्यामरुन बेनक्रोफ्टले ५३ रन बनाउदा अरु खेलाडी सस्तैमा आउट हुदा दक्षिण अफ्रिकाले चार सय १७ रनको लक्ष्य दियोए थियो ।

लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिका दोस्रो इनिङ्गमा मात्र २९८ रनमा अलआउट भयो । उसका लागि एडीन मार्करामले एक सय ४३ तथा क्विन डी ककले ८३ रनको पारी खेलेपनी टिमलाई हारबाट बचाउन सकेनन ।

२०७४ फाल्गुण २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत