एक चोटी फेरी देखिने छन् सोनाक्षी र अक्षय
मनोरञ्जन

एक चोटी फेरी देखिने छन् सोनाक्षी र अक्षय

बलिउडमा कुनै बेला सोनाक्षी र अक्षयको जोड़ी लाइ धेरै मानिसहरुले मनपराएका थिए ,यिनीहरु दूबैले धेरै फिल्महर संगै गरेका पनी थिए ।तर अहीले सोनाक्षीको फिल्महरु खासै नचलीरहेको बेला बाहीर आएको खबर अनुसार यि सुपर हिट जोडीलाइ फेरी पर्दामा देख्न पाइने भएको छ ।

समाचार अनुसार सोनाक्षी लाइ हाउसफुल ४ को लागी अप्रोच गरिएको छ र उनी फेरी बलिउडका खिलाड़ी कुमार सित हाउसफुल ४ मा देखिन सक्छिन् । स्रोत अनुसार फिल्म को डायरेक्टर साजिद खान ले आफै सोनाक्षी सित फिल्म को लागी कुरा गरेका छन् ।

तर सोनाक्षी को तर्फ बाट अहीले सम्म केही भनिएको छैन ।सोनाक्षीले फिल्म मा साइन गर्न सक्ने बताइएको छ । यो फिल्न बिग-बजेट फिल्म हो र यसमा सुपर स्टार कलाकारहरुले काम गर्ने छन् ।जसमा पुनजन्मको बिषय वस्तु देखाइने छ ।फिल्म लाइ नाडियाडवाला प्रोड्क्शनले बनाउने छ र फिल्म आधिकारी रुपमानै घोषणा गरिसकीएको छ ।निकट भविष्यमानै यस फिल्मको शुटिङ्ग पनी सुरु हुनेछ ।

२०७४ फाल्गुण २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत