मनोरञ्जन

मानव वेचविखनको आरोपम चर्चित कलाकार राजेन्द्र खड्गी जेल चलान

चर्चित फाईट डाईरेक्टर राजेन्द्र खड्गी जेल चलान भएका छन् । केही समय अघि साँस्कृतिक कार्यक्रम गर्ने भन्दै नक्कली कलाकारको टोलि बनाई १० जना ब्यक्तिहरुलाई दक्षिण कोरिया पुर्याएको आरोपम उनी पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि थुनामा राख्न भन्दै खड्गीलाई जेल चलान गरेको छ । न्यायाधीश टेकनारायण पौडेलको ईजलाशले जेल चलानका लागि निर्देशन दिए संगै उनी जेल चलान भएका हुन ।

उनलाई सुन्धारा स्थित सेन्ट्रल जेलमा राखिएको छ । मानव वेचविखनको आरोप लागेपछी उनी माथि केन्द्रिय अनुसन्धान ब्यूरो (सि.आई.बी) ले अनुसन्धान सुरु गरेको थियो ।

२०७४ फाल्गुण २० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत