खेलकुद

क्रिकेट जस्तै अब फुटबलमा पनी रेफ्रीले प्रविधिको सहयोगलिन पाउने

स्वीट्जरल्याण्डको ज्यूरिकमा भएको फिफाको ऐतिहासिक बैठकले भीएआर (भिडिओ असिस्टेन्ट रेफ्री )प्रविधि प्रयोग गर्ने विषय सर्वसम्मत पारित गरेको छ। उक्त बैठकमा प्रविधिको प्रभावकारिताबारे अन्तर्राष्ट्रिय फुटबल असोसिएसन बोर्डका सदस्य राष्ट्रहरु माझ विश्लेषण प्रस्तुत गरिएको थियो।

खेलका क्रममा उत्पन्न हुने विवादास्पद घटनाहरु जस्तै विवादपूर्ण गोल वा पेनाल्टीबारे खेलको भिडिओ हेरेर निर्णय लिन सो भीएआर प्रविधि सहयोगी हुने बताइएको छ। केही घरेलु इंग्लिश फुटबल प्रतियोगितामा भीएआर प्रविधिको परीक्षण भएको छ।इटली र जर्मनीमा पनि यसको प्रयोग भइरहेको छ।

आगामी जुन-जुलाई महिनामा रुसमा आयोजना हुन गइरहेको विश्वकप फुटबल प्रतियोगितामा सो प्रविधि प्रयोग हुने भनिएको छ तर त्यसबारेको निर्णय मार्च १६ मा हुने बैठकमा गरिने फिफा प्रमुख जानी इन्फन्टिनोले जनाएका छन्।गोल भए, नभएको, पेनाल्टी दिने वा नदिने, खेलाडीलाई रातो कार्ड दिइहाल्ने वा पहेलो कार्ड दिने भन्नेबारे खेलको भिडिओ हेरेर निर्णय लिइने बताइएको छ।

सो प्रविधिको प्रयोग पहिलो पटक सन् २०१६ डिसेम्बर मा गरिएको थियो।

२०७४ फाल्गुण १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत