खेलकुद

दबाबविहीन भएर नेपाल जिम्बावेसँग भिड्ने

काठमाण्डौनेपाल आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता खेल्दै , वानडे विश्वकप छनोट जिम्बावेमा आइतबार सुरु हुने विश्वकपको प्रवेशद्वार रहेको यस प्रतियोगिताको पहिलो खेल घरेलु टोलीसँग खेल्दा नेपाल दबाबबिना मैदान उत्रने

जिम्बावेसँगको भेट नेपालको टेस्ट राष्ट्रसँग वानडे क्रिकेटमा पहिलो हो जिम्बावेले सन् १९८३ यता लगातार विश्वकपमा सहभागिता जनाउँदै आएको घरेलु मैदानमा उत्रँदा टोलीसँग दसौंपल्ट विश्वकपमा पुग्ने लक्ष्य हुनेछ १० राष्ट्र सहभागी प्रतियोगिताको फाइनल पुग्ने टोली अर्को वर्ष इंग्ल्यान्डमा हुने विश्वकपमा छानिने छन्

वानडे अन्तर्राष्ट्रिय वरीयताको शीर्ष आठमा नपरेका जिम्बावेसहित वेस्ट इन्डिज, आयरल्यान्ड अफगानिस्तान विश्वकप छनोटमा प्रतिस्पर्धा गरिरहेका छन् धेरैको नजरमा यी चारमध्ये दुई टोली विश्वकप पुग्ने अनुमान जिम्बावे अझै त्यसमा दाबेदार टोली हो घरेलु मैदानमा खेल्न पाएकाले पनि जिम्बावेको मनोबल उच्च

जिम्बावेका प्रशिक्षक हिथ स्ट्रिक घरेलु मैदानको फाइदा उठाउनेमा विश्वस्त देखिन्छन् ‘हामी आफ्नै गृहमैदानमा खेलिरहेका छौं यो हामीलाई सुहाउँदो मैले यहीं २००३ को विश्वकप खेलेका थिएँ यसले गर्दा हाम्रो मनोबल उच्च ,’ जिम्बावेका पूर्व कप्तान स्ट्रिकले भने, ‘त्यसैले आफ्ना समर्थकका अगाडि खेल्नु निकै आनन्दपूर्ण हुनेछ

नेपाल तेस्रोपल्ट विश्वकप छनोटमा खेलिरहेको नेपालको पहिलो लक्ष्य वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु हो शीर्ष भित्र पर्न सकेमा नेपालले आगामी वर्षका लागि वान–डे मान्यता पाउने प्रथम श्रेणीको मान्यताप्राप्त अन्तरमहादेशीय चारदिवसीय क्रिकेट काठमाडौं फर्कने गत महिना नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन मा उपविजेता हुँदै नेपाल छनोटमा पुगेको हो त्यस क्रममा नेपालले जितेका खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो

समूहबीमा नेपाल जिम्बावेसहित अफगानिस्तान, स्कटल्यान्ड हङकङ छन् ‘हामी निकै कठिन समूहमा छौं त्यसैले कुनै पनि टोलीलाई सजिलै लिँदैनौं तर हामी अगाडि आएको चुनौतीलाई तयार छौं,’ स्ट्रिकले भने जिम्बावे वान–डे अन्तर्राष्ट्रियमा नवौं वरीयताप्राप्त टोली हो विश्वकप छनोटको अभ्यास खेलमा टोलीले पपुवा न्युगिनीलाई विकेटले हराएको थियो

- कान्तिपुरबाट

२०७४ फाल्गुण १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत