खेलकुद

आइपिएल पछी सन्दिप सीपीएलमा पनी छनोट

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन्।

लन्डनमा बिहीबार भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा टोलीमा समेटेको छ। उनी यस अघीनै आईपिएलका लागी छनोट भैसकेका छन् सन्दिप अब क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा सेन्ट किट्स एण्ड नेभीस प्याट्रियट्सबाट खेल्ने भएका छन् ।

प्याट्रियट्सको टोलीमा क्रिस गेल, ग्रेम क्रिमर लगायतका चर्चित खेलाडीहरु छन् हाल सन्दीप विश्वकप छनोट प्रतियोगिताको लागी जिम्बाबेमा छन् ।

२०७४ फाल्गुण १७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत