खेलकुद

क्यानको ठांउ आइसिसिले लिन सक्दैनः ग्लेनराइट

नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरे पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेल्न दिनु अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सहि निर्णय भएको अन्तर्राष्ट्रिय विकास प्रमुख विलियम ग्लेनराइटले बताएका छन्।

संयुक्त अरब इमिरेट्सबाट प्रकाशित हुने ‘द नेसन’ पत्रिकालाई दिएको अन्तवार्तामा उनले नेपालको क्रिकेट संघ निलम्बित गरेपनि आईसीसीको बोर्डले एउटा रणनीतिक निर्णय गर्दै नेपाली खेलाडीलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिइरहेको छ । किनकी क्रिकेट बोर्डले भोग्नु परेको व्यस्थापकीय चुनौतीको असर खेलाडीमाथि पर्नु हुदैन भन्ने आइसीसीको मान्यता रहेको उनको भनाइ छ ।

नामिबियामा देखाएको प्रदर्शन कुरा गर्दै नेपालको प्रदर्शन आश्चर्यजनक नभएको पनि । ‘नेपालमा राम्रा क्रिकेट खेलाडीहरूको कमी छैन । क्रिकेट संघ नहुँदा खेलाडीहरूका लागि स्थिति सहज छैन तर हामीले सक्दो गरिरहेका छौँ । हामीले गर्ने कामले क्रिकेट संघ को ठाउँ लिन सक्दैन’ ग्लेनराइटले भनेका छन् ।

२०७४ फाल्गुण १६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत