पत्रपत्रिकाबाट

अनुमति बिना नेपाली भूमिमा भारतले बनायो पुल र बाटो !

दार्चुलाको उत्तरी क्षेत्रमा भारतले नेपालसँग अनुमति नै नलिई बाटो महाकाली नदीमा पुल बनाएको व्यास गाउँपालिका–२ ताम्बाकु घाटबगर दोपखे क्षेत्रमा तीनवटा काठेपुल बाटो बनाएको स्थानीय बासिन्दाले बताए

यो क्षेत्रमा बस्ती छैन भने यहाँबाट चार घन्टाको दूरी दक्षिणमा रहेको दुम्लिङमा नेपाल प्रहरीको पोस्ट यो क्षेत्रको महाकाली नदीमा पानीको बहाव न्यून रहेकाले काठेपुलको नै प्रयोग हुँदै आएको छ । 

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले भारतले काठेपुल बाटो बनाएको खबर आएको बताए डिएसपी शाहीले भने, ‘बिहीबार दुम्लिङ प्रहरी चौकीबाट पुल बाटो बनाएको क्षेत्रमा प्रहरी टोली खटाएका छौँ

किन बनायो काठेपुल बाटो ?

भारतले धार्चुलाबाट महाकालीको पश्चिम किनारैकिनार लिपुलेक पुग्ने सडक निर्माण गरिरहेको सडक निर्माणका कारण भारतको लखनपुरदेखि बुँदीसम्मको २५ किलोमिटर क्षेत्रमा बाटो अवरुद्ध त्यसभन्दा उत्तरतिरको क्षेत्रमा सडक निर्माणका लागि आवश्यक उपकरण लग्न भारततर्फको बाटो बन्द भएपछि नेपालको बाटो प्रयोग गरेको स्थानीय बासिन्दाले बताए

लखनपुरबाट नेपाली भूमि प्रयोग गर्न महाकाली नदीमा काठेपुल बनाएको हो त्यससँगै नेपालतर्फ दुई किलोमिटर बाटोसमेत खनेको व्यास गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए वडाध्यक्ष बुढाथोकीले भने, ‘महाकाली नदी पार गराएर तीनवटा डोजर माथिल्लो क्षेत्रमा लगिएको डोजर लग्न बाटो पनि खनिएको हो

त्यस्तै दार्चुलाको तम्बाकु खोलादेखि थिइको भिरको फेदसम्म दुई किलोमिटर बाटो बनाइएको उनले बताए भारतले महाकाली नदीमा अन्य चार ठाउँमा पुल निर्माण गर्ने १२ किलोमिटर बाटो बनाउने तयारीसमेत गरिरहेको स्थानीय बासिन्दाले बताए

- नयां पत्रिकाबाट

२०७४ फाल्गुण १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत