समाज

दिनको ९० मिनट हुन्छ राहूकाल ,बिर्सेर पनी नगरौं शुभ कार्य

शास्त्रको अनुसार कुनै पनी शुभ कामको शुरुआत भन्दा पहीले साइत हेर्ने परम्परा छ। आम मान्यता अनुसार शुभ साइतम कामको शुरूवातले परिणाम पनी राम्रो निस्कन्छ भन्ने मान्यता छ ।त्यसको ठ्याक्कै उल्टो अशुभ साइतमा काम गर्दा परिणाम पनी नराम्रो हुन्छ ।ज्योतिष शास्त्रको अनुसार जब राहुकाल चलीरहेको हुन्छ त्यसबेला कुनै पनी शुभ कार्य गर्नु हुदैन ।

शनि ग्रह पछी दोस्रो अशुभ ग्रह राहू लाइ मान्ने गरिएको छ ।यो छांया ग्रहले पनी अशुभ फल प्रदान गर्दछ ।ज्योतिष को अनुसार हरेक दिन ९० मिनट को समय राहुकाल को समय हुन्छ र यस्तो मान्यता छ की यस राहू समयमा कुनै पनी शुभ काम गर्दा पनी त्यो अशुभ हुन्छ ।सूर्योउदय देखी लिएर सूर्यास्त सम्म आठ वटा भागको स्वामी राहु हुन्छन । कुन दीन कुन समयमा राहुकाल पर्छ हेरैंः

आइतवार राहुकाल को समय- साँझ ०४.३० देखी ६ बजे सम्म रहन्छ।
सोमवार राहुकाल को समय- बिहान ०७.३० देखी ९ बजे सम्म रहन्छ ।
मंगलवार राहुकाल को समय- दीउसो ०३.० बाट ०४.३० बजे सम्म रहन्छ।
बुधवार राहुकाल को समय- दीउसो १२.००देखी ०१.३० बजे सम्म रहन्छ।
बिहीबार राहुकाल को समय- दीउसो ०१.३० देखी ३.०० बजे सम्म रहन्छ।
शुक्रवार राहुकाल को समय- बिहान १०.३० देखी १२.०० बजे सम्म रहन्छ।
शनिवार राहुकाल को समय- बिहान ९.०० देखी १०.३०बजे सम्म रहन्छ ।

२०७४ फाल्गुण १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत