समाचार

होलीमा लोला हान्ने,जबरजस्ती रंग दल्ने होसियार !यस्तो छ प्रहरीको सुरक्षा योजना

काठमाडौं,फागुन १३ – प्रहरीले होलीका लागि विशेष सुरक्षा योजना ल्याएको छ । यस वर्षको होलीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना बनाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले होलीमा लोला हान्ने र जबरजस्ती रंग दल्ने व्यक्तिलाई सिधै पक्राउ योजना ल्याएको हो ।

सार्वजनिक स्थानमा अवरोध सिर्जना गरी होली खेल्ने, महिलामाथि जबरजस्ती रंग दल्ने तथा जबरजस्ती लोला हान्ने व्यक्तिलाई पक्राउ गरिने जनाएको छ । होली केन्द्रित सुरक्षाअन्तर्गत फागुन १६, १७ र १८ गते प्रहरी परिचालनलाई व्यापक बनाइने पनि तयारी थालेको छ ।

२०७४ फाल्गुण १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत