मनोरञ्जन

मिर्गौलापीडित गायिका जलजलाका लागि दक्षिण कोरियामा कार्यरत नेपालीद्धारा आर्थिक सहयोग

काठमाडौं—गायिका जलजला परियारको उपचारका निम्ति अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले समुहले आर्थिक सहयोग गरेको छ ।

परियारको उपचारका निम्ति मञ्चले १ लाख १३ हजार ३ सय ५० रुपैयाँ नगद हस्तान्तरण गरेको छ।

कोरियामा कार्यरत नेपालीहरुबाट संकलित रकम एकमुष्ट रुपमा हस्तान्तरण गरिएको मञ्चले जनाएको छ ।

संकलित रकम मञ्चका सल्लाहकार प्रकाश बेलवासेमार्फत हस्तान्तरण गरिएको हो।

अर्घाखाँचीमा जन्मिएकी परियार नेपाली तारा सिजन ३ की प्रतिस्पर्धी हुन् भने ‘बाटोमुनिको फुल २’ फिल्मको ‘केही कदम तिमीसँग हिँड्न मन छ’ गीतकी गायिका हुन्।

दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी हाल त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेकी छिन्।

२०७४ फाल्गुण १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत